१४ पुष २०७२, मंगलवार

अज्ञात समुहद्धारा हत्या गरिएका एमाले सर्लाही जिल्ला कमिटी सदस्य रामनेश यादवको पोस्टमार्टम गरिएको छ । हेमपरु–७ निवासी ६० वर्षीय यादवको मर्निङ वाकमा निस्केको बेला अज्ञात समूहले आज बिहान हत्या गरेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा आँखामा खुर्सानीको धुलो छर्केर मुख र घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाइएको जनाएको छ । यादवलाई घरबाट २ किलोमिट पर एकान्त सडकमा हत्या गएिको र हत्या कसले कुन उद्देश्ले गरेको हो खुल्न नसकेको सर्लाहीका डि एस पि रमेश कुमार खड्काले जानकारी दिनु भयो । हत्याको अनुसन्धान केन्द्रिय अनुसन्धान ब्यूरोले समेत गरिरहेकाले हत्यामा संलग्नको चाडै पहिचान हुने खड्काले बताउनु भयो ।यता नेकपा एमाले जिल्ला कमिटी सर्लाहीले घटनाको भत्र्सना गर्दै दोषीलाई यथा सिघ्र पक्राउ गरी कारवाही गर्न माग गरेको छ । यादवको शव पोस्टमार्टम पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV