१४ पुष २०७२, मंगलवार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा हत्या, हिंसा र तोडफोडजस्ता कार्य सह्य नहुने भएकाले त्यस्ता कार्यलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने बताउनुभएको छ । उहाँले कसैको नीजि स्वार्थ पुरा गर्न लोकतन्त्रलाई कमजोर बन्न नदिने दावी पनि गर्नुभयो । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले दलहरूले आपसी एकता र सहकार्य गरेर लोकतन्त्रलाई बचाउने बताउनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई सिध्याउने खेलका बीच दलहरुको सामुहिक प्रयासले नयाँ संविधान ल्याउन सफल भएको बताउनुभयो । उहाँले संविधानको कार्यान्वयन र पालनामा लाग्नु आजको आवश्यकता भएको पनि प्रष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले संविधान जादुको छडी नभएको र यसले जे माग्यो त्यही दिन नसक्ने पनि बताउनुभयो । उहाँले मुलुकको आर्थिक समृद्धिको यात्रा प्रारम्भ भएपछि जनताका चाहना सम्बोधन हुने दावी गर्नुभयो ।लोकतन्त्र सचेत, आत्मनियन्त्रित र उन्नत प्रणाली भएकाले यसको संरक्षणमा सरकार र दलहरू सजग भएको पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV