१४ पुष २०७२, मंगलवार

साउदी अरबले देशमा बढेको बजेट घाटा कम गर्न तेलमा दिइंदै आएको सहुलियत घटाउने तयारी गरेको छ । पेट्रोलको मूल्य ५० प्रतिशतसम्म बढाइने अर्थ मन्त्रालयले जनाएको हो ।राजा सलमानले सत्ता सम्हालेपछिको पहिलो वार्षिक बजेटमा राजश्व संकलन १५ प्रतिशतले घटेर १ सय ६२ अर्ब अमेरिकी डलरमा झरेको हो । बजेट घाटा कम गर्न पेट्रोलको मूल्य ५० प्रतिशतले बढाउदा पनि त्यो अन्तर्रा्ष्ट्रिय बजार मूल्यभन्दा निकै कम हुने बिश्लेषण गरिएको छ । वार्षिक खर्च अनुमान गरिएभन्दा १३ प्रतिशतले बढेको छ । बजेट घाटा कम गर्न पेट्रोलसंगै डिजेल, बिजुली र पानीको मूल्यपनि बढ्ने बताइएको छ । राजा सलमानले विश्व बजारमा कच्चा तेलको मूल्य घटेर उत्पन्न भएको आर्थिक, क्षेत्रीय र अन्तराष्ट्रिय चुनौतीका कारण यस्तो अवस्था आइपरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१२ मा १२५ डलर प्रति ब्यारेल रहेको कच्चा तेलको मूल्य अहिले ३७ डलर रहेको छ । यो वर्ष साउदी अरेबियाको तेल विक्रीबाट उठ्ने राजश्व पोहोरको भन्दा २३ प्रतिशत कम भएपछि यस्तो निर्णय लिनु परेको हो ।

LIVE TV