१४ पुष २०७२, मंगलवार

 

दोलखा जिल्लाको पूर्वीय नाम्दु गाविसका भूकम्प पीडितहरुले खानेपानीको माग गर्दै जर्किन जुलुश निकालेका छन् । उनीहरुले खाली जर्किन जुलुस सहित मंगलबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । करिब ५० वर्षदेखि उपभोग गर्दै आएको खानेपानी २ महिना अघि जग्गा धनीले काटेपछि पानीबाट वञ्चित हुँदै आएका नाम्दु–३, डाँडागाउँका पीडितले जर्किन जुलुस सहित प्रशासन कार्यालय घेराउ गरेका हुन् । विगत २ महिनादेखि ६६ घरधुरीका करिब २ सय जनाले २ घण्टाको बाटो हिँडेर पानी बोकेर पिउन बाध्य भएका छन् ।भुकम्प पीडितहरुले पटक पटकको मौखिक उजुरी र गत १२ गते प्रशासनमा लिखित उजुरी दिँदा समेत सुनुवाई नभएपछि गाउँले नै उत्रिएर प्रशासनमा आएको स्थानीय गीता भुजेलले जानकारी दिए । करिब ५० बर्षदेखि काभ्रे गाविसबाट खानेपानी ल्याएर खाँदै गरेको र २ महिना अघि त्यो पानी पनि बन्द गरेपछि उनीहरु मारमा परेको पीडितहरुको भनाई छ ।काभ्रे गाविसका रविचन्द्र ढुङ्गेलको जमिनमा रहेको पानीको मुहान बन्द गरिदिएपछि उनीहरुले दैनिक खानेपानीको समस्या व्यहोर्दै आइरहेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाले भने सम्वन्धित व्यक्तिलाई झिकाई सकिएको र उनीसँग छलफल गरी निकास दिने प्रतिवद्दता जनाएको छ ।

vlcsnap-2015-12-29-16h52m17s182 vlcsnap-2015-12-29-16h52m23s244 vlcsnap-2015-12-29-16h52m27s35 vlcsnap-2015-12-29-16h52m50s255

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV