
नेपाली सिने क्षेत्रमा स्टाईलिस मोडल तथा नाईका नन्दिता के.सि. चलचित्र बोर्डको निर्विरोध सह. कोषध्याक्ष पनि भएकी छिन् । नन्दिता बाट अभिनित चलचित्र कैफियत प्रदर्शनमा आउन लाग्दा सम्म पनि यीनले यस चलचित्रले आफनो स्तर यति सम्म माथि उठाउन सक्छ भन्ने यकिन नरहेको बताएकी छिन । दर्शकहरुले चलचित्र हेरीसकेपछि मात्र दर्शकहरुलेनै उनको स्तर माथि सम्म पुर्याउने र नपुर्याउनेमा भर पर्ने बताएकी छिन् । नेपाली चलचित्रहरुले राम्रो व्यापार गरीरहेको समयमा तुलनात्मक रुपमा राम्रो राम्रो चलचित्र बनिरहेको बताएकी छिन् । चलचित्र विकास बोर्डको सह.कोषाध्यष्क्ष्ँ नन्दिताले नेपाली चलचित्रहरु नेपालको केही सहरहरुमा मात्र केन्द्रित भएकोले अन्तराष्ट्रियस्तरमा विदेशी चलचित्रहरु संग कम्पिटिशन गर्न नसकेको पनि बताइन् । केही वर्ष सम्म पनि बलिउड चलचित्रहरु संगै कम्पिटिशन गर्ने नेपाली चलचित्रहरु अहिले खस्कदै गएको भन्दै ै नेपाली चलचित्रहरु पनि अन्तराष्ट्रिय बजारीकरण गर्नु पर्नेमा पनि आफ्नो व्यक्तिगत धारणा पनि बाईन् । नेपाली चलचित्रहरुले राम्रो व्यापार तथा धेरै दर्शकहरु बटुलिरहेका समयमा सम्पुर्ण नेपाली चलचित्रहरु पनि अन्तराट्रिय स्तरमा बजारीकरण गर्नु देखिन्छ ।