१४ पुष २०७२, मंगलवार

अमेरीकी व्यावसायी आमिर अली सँग निर्देशक डि.सि.ले मिलेर निर्माण गरेका चलचित्र पुलैफुलको मौसम तिमीलाई को शीर्ष गीत प्रधान मन्त्रि के.पि. ओलि द्वारा सार्वजनिक गरीएको छ । राजेश पायल राई र दीपा लामाको स्वरमा रहेको उक्त गीतमा वास्तविक जोडी नीता र आमेशको फिरीङ्ग रहेको छ । प्रधान मन्त्रि ओलीले गीत हेरीसकेपछि नेपाली चलचित्र जगतले पनि गुनस्तरीय चलचित्र प्राप्त गरेजस्तो लाग्यो भन्दै चलचित्रको सफलताको शुभकामना दिएका थिए । अभिनेत्रि नीता ढुङ्गाना छ एकान छ को अभिनेत्रि होईन र ? भन्दै प्रधान मन्त्रि ओलीले नीताको प्रशंसा पनि गरेका थिए ।फागुन २१ मा रीलीज हुने फुलैफुलको मौसम तिमीलाई चलचित्र चलेपनि वा नचलेपनि धादिङ्को सलाङ्घाटमा झोलुङ्गे पूल निर्माण गर्नका लागि साढे सात लाख प्रदान गर्ने निर्माता एवं निर्देशक डि.सि. ले बताए र उक्त रकम सीड मनीमा रहने पनि बताएका छन् । यस चलचित्रमा वास्तविक जोडी नीता ढुङ्गाना र आमेश भण्डारीको साथै विजय लामा,गीता अधिकारी लगाएतको अभिनय रहेको छ भने सुरेश अधिकारीले संगीत दिएका छन् । फुलै फुलको मौसम तिमीलाई चलचित्रमा नीता र आमेशको प्रेमजाडी रहेको छ । यो जोडी उनिहरुको वास्तविक जोडी पनि हो । रोमान्टिक लभस्टोरी, एक्सन, रोमान्स् आदी सबै चिजको मिश्रण भएको यस चलचित्रका अभिनेत्रि नीताले आफ्नो रियल् प्रेम जोडि सँग काम गर्न पाएको मा अन्य चलचित्रहरको तुलनामा अझ धेरै केमेस्ट्रि भएको बताएकी छिन् । आफ्नै प्रेमजोडिसंग काम गर्न धेरै सजिलो भएको भन्दै खुशि पनि व्यक्त गरेकी छिन् ।
त्यस्तै आमेशले पनि यस चलचित्र आफ्नै रियल प्रेम कथा जस्तो लाग्ने बताएका छन् । र बांकी यस चलचित्र संग सम्बन्धित सबै कुरा दर्शकहरुले हलमा गएर हेरेरै थाहा पाउने कुरा पनि व्यक्त गरेका छन् ।

LIVE TV