
नाकाबन्दी र मधेश आन्दोलनको कारण इन्धन अभाव भोगिरहेका सर्वसाधरण उपभोक्ता पछिल्लो समय लोडसेडिङको मारमा परेका छन । बढी भारका कारण हाल दैनिक १३ ओटा बिद्युत ट्रान्सफरमर पड्किने गरेका छन् । त्यस मध्ये एक ओटा ट्रान्सफरमर मात्र बन्ने गरेकोले आम जनता थप बिद्युत आपूर्तिको मारमा परेका छन् । आम उपभोक्ता पछिल्लो पटक चर्को बिद्युत आपूर्तिको समस्यामा पर्दै आएका छन । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले लोडसेडिङको समस्या प्रति प्राधिकरण गम्भीर रहेको बताउनुभयो । न्यूज २४ टेलिभिजनको नियमित कार्यक्रम ब्यवसायको अन्र्तकृया कार्यक्रममा वोल्दै कार्यकारी निर्देशक काफ्लेले प्रधिकरणको नो लाइटका कर्मचारीहरुले जनताको समस्या जति सक्दो छिटो समाधान गर्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा बिजुली सम्बन्धि कुनै गुनासो तथा समस्या परेको अवस्थामा सर्वसाधारणले कार्यकारी निर्देशकलाई सिधै सम्पर्क गर्न सक्ने व्यवस्था समेत मिलाइएको बताउँनुभयो । त्यसका लागि उहाँले आफनो नीजि नम्वर समेत उपलब्ध गराउनुभयो ।
अन्तरकृयामा सहभागीहरु उर्जा बिज्ञ सूर्य आचार्य र सञ्चारकर्मी भीम गौतमले उर्जा मन्त्रालय र प्राधिकरण नीतिगत र प्राविधिक त्रुटीको कारण बिद्युत सकटको समस्या भएको बताउदै प्राधिकरणमा राजनीतिक हस्तक्षेप भएको बताउँनुभयो ।