१४ पुष २०७२, मंगलवार

 

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस र मधेसी जनताको माग पूरा हुने विश्वसनीय वातावरण नबनेसम्म आन्दोलन नरोकिने बताएका छन्।

 

रिपोर्टर्स क्लबको ज्ञापनपत्र पार्टी कार्यालय बिजुलीबजारमा बुझ्दै मंगलबार उनले मधेसी आन्दोलनकारी र जनतामाथि अन्याय नरोक्दासम्म सार्थक निष्कर्षमा पुग्न नसकिने बताए।

 

उनले भने, ‘राज्यले वार्ताबाट समस्याको समाधान खोजेको छैन, घाइते आन्दोलनकारीको उपचार भएको छैन, उपचार गराइरहेकालाई वास्ता गरेको छैन।’

Mahanta_Thakur-1_-_Copy

 

नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी)सँग भएको वार्ताले पनि निष्कर्ष नदिएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भने, ‘बुँदागत रुपमा छलफल गरौँ, सहमति गर्ने विषयमा सहमति गरौँ, गर्न नसक्ने विषयमा पुनः छलफल गरौँ ।’ अध्यक्ष ठाकुरले चाँडो समस्याको समाधानका लागि मधेसको माग सम्बोधन हुनुपर्ने बताए। रासस

 

LIVE TV