१४ पुष २०७२, मंगलवार

चीनले नेपाललाई फेरि १४ लाख लिटर इन्धन अनुदान मा उपलब्ध गराउने भएको छ । चीन भ्रमणबाट फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले त्रिभुवन अन्तराट्रिय विमानस्थलमा पत्रकार सँग कुरा गर्दै चीनले १४ लाख लिटर इन्धन अनुदानमा सहमति भएको बताएका छन् । चीनले यसअघि पनि नेपाललाई १३ लाख लिटर इन्धन अनुदान दिएको थियो ।

kamal thapa
प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीन भ्रमण गर्ने जानकारी दिँदै उपप्रधानमन्त्री थापाले पेट्रोलियम पदार्थको व्यवसायिक कारोवारको सम्झौता ओलीको भ्रमणका बेलामा हुने बताए ।
थापाले अरनिको राजमार्ग मर्मत सम्भारका लागि चीनले सघाउने र तातोपानी नाका खोल्ने विषयमा पनि सहमति भएको वताए । यस्तै नेपाल आउने चिनियाँ पर्यटकका लागि भिसा शुल्क नेपाल सरकारले मिनाह गर्ने र चीनले नेपालका लागि पर्यटन गन्तब्य खुला गर्ने समेत सहमति भएको बताएका छन् ।
परराष्ट्रमन्त्री थापाले चीनमा रहदा चीनिया उपराष्ट्रपति, विदेशमन्त्री लगायतका उच्च चिनिया अधिकारीसँग आफ्नो भेटवार्ता गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV