१४ पुष २०७२, मंगलवार

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसको समस्या समाधान गर्न तराई मधेसमा तीन प्रदेशसहित आठ प्रदेश उपयुक्त विकल्प हुने बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकार संग कुरा गर्दै गच्छदारले आन्दोलनबाट मधेसको समस्या समाधान नहुने भन्दै वार्ताबाटै निकास खोज्न समेत आग्रह गरे ।
गच्छदारले संविधानसभा निर्माण गरी पुनः नयाँ संविधान बनाउने कुरा सम्भव नरहेको भन्दै अहिलेको संविधान संसोधन गरेर उपयुक्त मागहरुलाई संवोधन गर्नुपर्ने बताए ।

 

LIVE TV