१४ पुष २०७२, मंगलवार

मधेश आन्दोलन र भारतीय नाकाबन्दीका काराण भारतीय माछा भित्रिन छाडेपछि स्वदेशी जिउँदो माछाले बल्ल आएर नेपाली बजारमा ठाउँ पाएको छ ।

बाराबाट दैनिक काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा दैनिक १५ क्वीन्टल भन्दा बढी माछा विक्री वितरणका लागि पठाउदै आएको मत्स्य व्यवसायी संघ बाराले जनाएको छ ।मारिएको विदेशी माछाभन्दा केही महँगो हुने जिउँदो माछा स्वास्थ्यका लागि उत्तम मानिएकाले पनि उपभोक्ता जिउँदो माछातर्फ आकर्षित भएका हुन् । अन्य मासुजन्य उत्पादन भन्दा बहुउपयोगी गुणको खानी मानिएको माछा स्वास्थ्यका लागि राम्रो मानिन्छ । मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहलले नेपालमै सबैभन्दा बढी माछा उत्पादन हुने जिल्ला बाराबाट एक सय ५० किलो माछा लगेर काठमाण्डौको बल्खुमा व्यवसाय थालेका थिए । अहिले चितवनबाट समेत आयात गरी साहले दैनिक १५ क्विन्टलसम्म माछा बिक्री गर्दै आएका छन । राजधानीमा जिउँदो माछाहरु रहु, कमन, ग्रास, बिगहेड, सिल्भर, नैनी, कत्लेजातका माछाको बिक्री राम्रो हुने गरेको साहको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV