
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले मगलवार प्रधानमन्त्री निवास बालुवाटारमा साइकल हस्तान्तरण गरेका छन्।
‘थोपा थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ’ भन्ने नाराका साथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दै आएको छ। प्रधानमन्त्री ओली केहीबेर साइकल चढेर अभियानमा सहभागी भएका थिए।
मन्त्री पासवानले मुलुकले इन्धन आपूर्तिको सङ्कट खेपिरहेका बेला सो अभियानले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने बताए। उनले नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि सोही प्रकारका साइकल हस्तान्तरण गरिने जानकारी दिए। रासस