१४ पुष २०७२, मंगलवार

सुदर्शन थापाको निर्देशनमा बनेको प्रेम गीत रोमान्टिक जान्रामा सन्तोष सेनले निर्माण गरेका हुन् । पप गाईका सिवानी मोक्तानको स्वरमा अर्जुन पोखरेलको संगित तथा रेनिशा राईको नृत्य निर्देशन रहेको छ । यहि माघको २९ गते रिलिज हुने चलचित्र प्रेम गीत को टाईटल गीत (म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस् ) भन्ने गीतले चर्चा बटुलिरहेको समयमा अर्को गीत (जव पुग्छु रिभर साईड) भन्ने गीत पनि रीलिज गरीएको छ । जुन गितको भिडियोलाई हेर्दा कुच कुच लोचा है को पानी वाला डान्स सँग मेल खाने देखिन्छ । सन्नि लियोनीको रुपजस्तै पूजा शर्मामो रुप पनि उक्त गीतमा देख्न सकिनेछ ।
गत मे को ८ मा रीलिज भएको कुच कुच लोचा है को पानि वाला डान्स सँग मिल्दो जुल्दो सिन् र ड्रेस अपमा देखिने जब पुग्छु रीभर साईड मा पूजा शर्माको फिचरीङ देख्न सकिनेछ । म्याजिक पिक्चर्स ईन्टरटेन्मेन्ट प्रा.लि.को व्यानरमा मुकेश पुरोहितको निर्माण तथा देवाङ दोलकीको निर्देशनमा बनेको कुच कुच लोचा है को पानी वाला डान्समा सन्नि लीयोनीको चर्चा निकै माथि भएको थियो । त्यस्तै सुदर्शन थापा निर्देशित चलचित्र पे्रम गीतको जब पुग्छु म रीभर साईड भन्ने बोलको गीतमा पूजा शर्माको पनि त्यस्तै चर्चाले स्थान पाउने सम्भावना देखिन्छ ।

 

 

LIVE TV