
पाँच दिने चीनको औपचारिक भ्रमण सकेर उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा मंगलवार स्वदेश फर्कदैहुनुहुन्छ । गत पुस ८ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि चीन जानुभएका उपप्रधानममन्त्री थापा विहान ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ ।
उपप्रधानमन्त्री थापा नेतृत्वको टोली थाई एयरलाइन्सको विमानबाट हङकङ हुँदै काठमाडौँ आउनेछ । चीन भ्रमणका क्रममा उपप्रधानमन्त्री थापाले चिनिया उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । । थापाले चिनिया उपराष्ट्रपति ली युआन छावो, समकक्षी चिनिया परराष्ट्रमन्त्री वाङ यी लगायतसँग भेटबार्ता गर्नुभएको थियो । भेटमा थापाले दुई देशवीच भएका सहमतिका केही दस्ताबेजमा हस्ताक्षर समेत गर्नुभएको थियो । थापाले चीन भ्रमणका क्रममा भेटेका उपराष्ट्रपति छावो, समकक्षी वाङ लगायतसँगको भेटमा नेपाल–चीनवीचको व्यापारिक नाका सञ्चालन, पेट्रोलिय पदार्थको आयात, पारवहन लगानी व्यवस्था र चीनले नेपालमा गर्ने लगानीका विषयमा पनि छलफल गर्नुभएको थियो ।
थापासँगै कानुनमन्त्री अग्नि खरेल, परराष्ट्र तथा आपूर्ति मन्त्रालयका सचिवहरु लगायतका अधिकारीहरु पनि आजै फर्कंदैहुनुहुनछ ।