१४ पुष २०७२, मंगलवार

आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बोर्नमाउथलाई २–० ले हराएर आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।खेलको २७ औं मिनेटमा गब्रियलले आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको आर्सनललाई ६३ औं मिनेटमा मेसुत ओजिलले गोल गर्दै २–० को जित दिलाए । जितपछि शीर्ष स्थानमा उक्लिएको आर्सनलको १९ खेलबाट ३९ अंक छ । एक खेल कम खेलेको लिसेस्टर सिटीको ३८ अंक छ । गएराति नै भएको अर्को खेलमा वाटफोर्डलाई २–१ ले राएको टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामको १९ खेलबाट ३५ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान ३५ अंकसहित चौंथो स्थानमा छ ।

Mesut Ozil

प्रतिक्रिया दिनुहोस्
LIVE TV