१४ पुष २०७२, मंगलवार

काठमाडौं । भारतीय नाकाबन्दी र इन्धन अभावसँगै अस्तव्यस्त बनेको देशको ट्राफिक व्यवस्थापन पुरानै अवस्थामा फर्काउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । इन्धन आपूर्ति सहज भइनसके पनि सडकमा सवारीसाधनको चाप पुरानै अवस्थामा पुगेपछि ट्राफिक नियम लागु गर्न खोज्दा ट्राफिक प्रहरी र सवारीचालकबीच विवाद बढ्न थालेको नागरिकमा खबर छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना र सवारी चाप बढेको भन्दै आइतबारदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा तीन जना सवारी बोक्ने मोटरसाइकल चालकलाई नियम बमोजिम चिट काट्न थालेको छ । त्यस्तै छत र ढाकामा यात्रुलाई झुण्ड्याएर सवारी चलाउने चालक र यात्रु दुवैलाई प्रहरीले रोकेर सम्झाउँदै पठाउने गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार हाल काठमाडौं, ललितपुर र भक्तपुरमा ९० प्रतिशतको हाराहारीमा मोटरसाइकल गुड्न थालेका छन् । यसले ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनपुगेको छ ।

Kathmandu, Nepal: traffic on Kantipath Rd - photo by J.Pemberton

प्रतिक्रिया दिनुहोस्
LIVE TV