
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी छोडेर नया शक्ति तिर कुलेलम हानेपछि प्रचण्ड र बाबुराम बीच दोहोरि दिनदिनै जस्तो हुन थालेको छ । सकेसम्म एकले अर्कोलाई मेख मारेर घोच्ने र लपेट्ने काम नगरेसम्म खाएकोनै नरुच्ने जस्तो अबस्था देखिएको छ ।
माओ दिवसका दिन प्रचण्डले भट्टराईमाथि ‘लिनप्याओवादी’ भएको आरोप लगाए लगत्तै त्यसको जवाफ दिने क्रममा डा. भट्टराईले कडा आरोप लगाउँदै प्रचण्डले वितगमा भारतसँग विन्तीपत्र हालेको, लडाकुको रकम अनियमितता गरेको, कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा पुर्याएको लगायतका आरोप लगाएका छन् ।
बाबुराम र प्रचण्ड बिचको रक्सारक्सि कहिले सम्म चलिरहने त्यसको कुनै ठेगान छैन । तर एकले अर्कालाई आरोप र प्रत्यारोप लगाएको सुन्दा सम्बन्ध कति सम्म चिसिएको रहेछ भन्ने स्पष्ट हुन्छ ।