१४ पुष २०७२, मंगलवार

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले योग्यता (मेरिट) सूचीभन्दा बाहिरबाट भर्ना भई एमबीबीएस उर्त्तीण चिकित्सकलाई लाइसेन्स नदिने चेतावनी दिएको छ ।

nepalmedical

एमबीबीएस भर्ना मेरिट (योग्यता) सूचीका आधारमा गर्न जारी अदालतको आदेश र मन्त्रिपरिषद निर्णयविपरीत कलेजहरुले मनपर्दी विद्यार्थी भर्ना लिइरहेको गुनासो बढेपछि काउन्सिलले यस्तो चेतावनी दिएको नागरिकमा खबर छ ।

काउन्सिलले त्यसका लागि पहिलो चरणमा सम्बन्धित विश्वविद्यालयसँग मेरिट सूची र त्यही आधारमा कलेजले भर्ना गरेको यकिन तथ्यांक मागेको छ ।

 

LIVE TV