१४ पुष २०७२, मंगलवार

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भए लोडसेडिङको उचित विकल्प हुने नयाँ पत्रिकामा खबर छ । तर, त्यो आयोजना सम्पन्न गर्न दुई खर्ब ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

निर्माण सुरु गरेपछि कम्तीमा आठ बर्ष लाग्ने अनुमान गरिएको छ, तर सुरु कहिले हुने भन्ने पत्तो छैन ।

‘बुढीगण्डकी र अन्य जलाशययुक्त आयोजनाको निर्माण तत्काल अगाडि बढाउनुको विकल्प छैन,’ प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले भने, ‘अन्यथा नेपालको यात्रा अन्धकारमा बस्ने र भारतबाट विद्युत आयात गर्नेतर्फ केन्दि्रत हुने देखिन्छ ।’

budhigandaki

 

LIVE TV