
पुस । साउदी अरब सरकारले महिला कामदार पठाउन निरन्तर दबाब दिएपछि नेपाल सरकार श्रम सम्झौताविनै पठाउन सहमत भएको छ ।
अवैधानिक बाटोबाट घरेलु कामदारको रुपमा साउदी पुगेका महिलामाथि शारीरिक, मानसिक तथा आर्थिक शोषणका घटना बढिरहेका बेला सम्झौता नगरीकनै श्रम स्वीकृति दिएर पठाउने तयारी भएपछि यसरी पठाउन हुने कि नहुने विषयमा चर्चा चुलिएको छ ।
साउदी सरकारलगायत अन्य निकायले बारम्बार दिइरहेको दबाब थेग्न नसकेपछि सरकारले निर्देशिका जारी गरेर घरेलु कामदारमा महिला पठाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि ४९ मेनपावर कम्पनी छनोट भइसकेका छन् । नागरिक दैनिकमा खबर छ ।