१४ पुष २०७२, मंगलवार

चर्चित कलाकार दम्पत्ति सिताराम कट्टेल(धुर्मुस) तथा कुञ्जना घिमिरे(सुन्तली)ले राष्ट्रिय सरसफाई अभियान अन्र्तगत आइतबार पुर्व पश्चिम राजमार्गको सर्लाही र रौतहटको बिभिन्न खण्डको सरसफाई गरेका छन । सरसफाई अभियानका विशेष दुत समेत रहेका कलाकारद्धयले सरसफाई अभियानलाई सफल पार्न आ– आफ्ना क्षेत्रबाट लाग्न आग्रह समेत गरेका छन । राजमार्ग केन्द्रित सरसफाई कार्यक्रम अन्र्तगत साप्ताहिक अभियानमा रौतहटको धन्सार देखि पौराईस्थित वागमति पुलसम्म सरसफाई गर्ने कार्यक्रम रहेको चन्द्रपुर नगरपालिका कार्यालयले जनाएको छ ।

 

LIVE TV