१४ पुष २०७२, मंगलवार

भुकम्पका कारण पीडा व्यहोर्नेहरुको दशा अहिले दोब्बर बनेको छ । वर्षातमा पानीको झरीलाई त्रिपालले जसोतसो तारेकाहरुलाई अहिले बल्लतल्ल बनाएको कटेरोमा हिउँदको बढ्दो चिसो छल्नलाई भने हम्मेमहम्मे परेको छ । चिसो बढेपछि साना बालबालिकादेखि बृद्धाबृद्धा मात्र होइन भुकम्पमा घाइते भएकाहरुलाई हम्मे हम्मे परेको छ । बढ्दो चिसोका कारण नुवाकोटको काहुँले गाविसका स्थानीय भुकम्पपीडितको दैनिकी कष्टर बन्दै गएको छ । चिसोको कारण उनीहरुमा विभिन्न स्वास्थ समस्या समेत देखा पर्नथालेको छ । जाडोमा न्यानो स्थान र कपडाको अभावमा विभिन्न स्वास्थ समस्याले सताएको उनीहरुको गुनासो छ ।

 

LIVE TV