
छैठीमा के लेखिएको हुन्छ कुन्नि । ठन्डीमा कठ्यांग्रिएर १२ महिने दूधे बालिका सविता पहरीको प्राणपखेरु उड्यो । जस्ताको अस्थायी टहरोबाहिर उनको शब लडाइएको छ । लगातार १५ घन्टादेखि आफन्तका आँखामा आँसु ओभाएका छैनन् । नागरिक दैनिकमा समाचार छ ।
सविताको धपक्क बलेको अनुहार हेर्दै बाबुआमा भक्कानिन्छन्, अर्कातिर हजुरबा हजुरआमा बिह्वल छन् । नातिनीको शव उठाउन घरमूली ६५ बर्षीय हजुरबा कृष्णबहादुर नै अघि सर्नु पर्यो । बाबु छोरा कृष्णबहादुर र शम्भुबहादुरले नजिकको दारेगौँडामा सद्गत गरे । अघिल्लो साँझसम्म मन्द मुस्कान साथ तोते बोल्ने अँगालोभरिकी सन्ता सवितालाई खाल्डोमा पुरेर घर फर्किए ।
‘यो के लिला हो भगवना । बृद्ध कृष्णबहादुर भक्कानिए, भूकम्पले गाँबास लुट्यो । ठिहीले नातिनी खोस्यो ।’ भूकम्प जाँदा सविता तीनमहािनकी थिइन् । अस्थायी टहरोमा बस्न थालेपछि दुई महिनादेखि उनी कक्रिन थालिन् । सास बढेपछि हिरिक्क हुन्थिन् । पछिल्लो तीन दिनदेखि कक्रक पर्दै श्वासप्रश्वासमा थप समस्या देखिएपछि मंगलबार साँझ उनको मृत्यु भयो ।