
काठमाडौं । केही ग्यास उद्योगीको लापरबाहीका कारण उपभोक्ताले बमजस्तै जोखिमपूर्ण ग्यास सिलिन्डर प्रयोग गरिरहेको खुलासा भएको छ । उद्योगले तोकिएको समयमा गर्नुपर्ने हाइड्रोलिक टेस्टमा वेवास्था गर्दा उपभोक्तामा जोखिम बढेको हो ।
एकातिर तोकिएभन्दा कम ग्यास राखेर बजारमा सिलिन्डर पठाउँदा उद्योगलाई नाफा हुने र हाइड्रोलिक गर्न लाग्ने खर्च जोखिने भएपछि धेरै उद्योग त्यस्तो धन्दामा लागेको नागरिकमा खबर छ । ५६ वटा ग्यास उद्योगमध्ये १० वटाजतिले नियमअनुसार सिलिन्डरको हाइड्रोलिक परीक्षण गर्ने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ ।
बाँकी सबै कम्पनीको सिलिन्डरको पिँधमा २ केजीभन्दा बढी लेदो छ । सोही लेदोमाथि नयाँ ग्यास राखेर पठाउँदा उपभोक्ता ठगीमा परेका हुन् ।