१३ पुष २०७२, सोमबार

बर्दिया जिल्लामा तीन ठुला नदीहरु रहेका छन । यी नदीहरुको नियन्त्रणकालागि तटबन्ध निर्माण गर्ने हो भने अरबौ रुपैयाँ लाग्न सक्छ । तर सवै स्थानमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न अत्याधिक रकम खर्च हुने भए पछि अहिले तत्काल गर्नु पर्ने स्थान र आपतकालीन नदी नियन्त्रणको काममा भने प्रकुपाईन प्रविधि लाभदायक हुने देखिएको छ । गत बर्ष कर्णाली नदीले अत्याधिक कटान गर्ने स्थानमा प्रकुपाईन प्रविधिबाट तटबन्ध निर्माण गरिएपछि अहिले त्यस स्थानमा प्रकुपाईन प्रबिधि सफल र लाभदायक समेत देखिएको हो । नदीको अत्याधिक चाप भएको स्थानमा सिमेन्टको पोल बनाएर एउटामा नटबोल्ट लगाई ६ वटा पोल एकै स्थानमा जडान गरी नदीले अत्याधिक कटान गर्ने स्थानमा त्यसलाई राखिन्छ जसले गर्दा पानीको अत्याधिक बहावले त्यसैमा ठक्कर दिने भएकाले त्यसमा बालुवा र माटो लगायत रुखहरु समेत अडकिन्छ । जसले गर्दा त्यस स्थानमा कृषि योग्य जमिनको कटान समेत नियन्त्रण गर्न सक्ने ईन्जिनियर शम्भु पण्डितले बताउँनु भयो ।

बर्दिया जिल्लामा नदी नियन्त्रणका लागि गत बर्ष राजापुर क्षेत्रमा स्थापना भएको कर्णाली नदि नियन्त्रण आयोजनाले बर्दिया जिल्लाको कर्णाली नदिमा देखिएको अत्याधिक कटान गरेको स्थानमा र तत्काल गर्नु पर्ने आधा दर्जन स्थानमा प्रकुपाईन प्रबिधि अपनाएको र त्यो प्रबिधि सफलभएको कार्यालयका डिभिजन ईन्जिनियर लेखनाथ सुवेदीले बताउँनु भयो । उहाँले भर्खर मात्र निर्माण गरिएको टिकापुर र राजापुर जोडने पुल देखि उत्तर तर्फको भागमा पनि प्रकुपाईन प्रबिधि अपनाईएको र त्यसले कटान राकेकोले तत्काल गर्नु पर्ने काममा यो सफल बनेको जानकारी दिनुभयो ।

राजापुर सिचाई परियोजनाले गतबर्ष मात्र कर्णाली नदी अन्र्तगतको सत्तिपुल, नंगापुर, मुर्गहवा, सनकट्टी र टिउँनीको आपतकालीन काममा प्रकुपाइन प्रविधि अपनाएको थियो । ती स्थानमा नदीको कटान रोकथाममा प्रकुपाईन प्रविधि सफल र लाभदायक देखिएको कर्णाली नदी नियन्त्रण आयोजनाका प्रमुख आत्माराम रायले बताउँनु भयो ।

बर्दिया जिल्लाका अन्य नदीहरुमा आपतकालीन काम अन्र्तगत र तत्काल रोक्नु पर्ने अवस्था अन्र्तगत प्रकुपाईन प्रविधि अपनाउने हो भने तत्कालका लागि भएपनि स्थानीय बासिन्दाहरुले राहत पाउने देखिन्छ । नदीहरुबाट सुख भन्दा दुःख नैै भोगेको महसुस गर्दैै आएका वर्दियावासका लागि यो गतिलो उपहार समेत बन्न सक्छ ।

LIVE TV