१३ पुष २०७२, सोमबार

उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझी नेपाल बिद्युत प्राधिकरणलाई नयाँ शैलीबाट अघि बढाउनु पर्ने बताउनु भएको छ । सोमवार नेपाल बिद्युत प्राधिकरणको आयोजनामा आयोजित स्वागत कार्यक्रममा उर्जा मन्त्री रायमाझीले सो कुरा बताउनु भएको हो । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले बिद्युत प्राधिकरणले अव नयाँ सोच र मान्यताको साथ अघि बढ्न सक्नु पर्ने बताउनु भयो । उर्जा मन्त्री रायमाझीले लोडसेडिङबाट आमजनता आक्रान्त भएको अवस्थाामा प्राधिकरणले लोडसेडिङ अन्त गर्ने तर्फ प्रभावकारी रुपमा काम गर्नु पर्ने बताउनु भयो । उहाँले पुरानो सोच र मान्यतामा परिवर्तन गर्न सक्नु पर्ने बताउदै थोत्रा गाडीले छिटो गति लिन नसक्ने बताउनु भयो । ब्यक्तिबादी सोच र प्रबृत्ति छाडेर जनताको काममा लाग्न कर्मचारीलाई निर्देशन दिनु भयो । उर्जा मन्त्री रायमामmीले बिद्युत प्राधिकरणका कर्मचारीलाई सेवाग्राहीको काममा इमान्दारीपुर्वक लाग्न निर्देशन दिनु भयो ।

उर्जा मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले उर्जा मन्त्रालयले लोडसेडिङको अन्त गर्ने योजना र रणनीति लिएको हुदाँ प्राधिकरणले त्यस तर्फ अघि बढ्नु पर्नेमा जोड दिनु भयो। नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मुकेश काफ्लेले बिद्युत प्राधिकरणलाई दु्रत गतिमा अधि बढाउन बिद्युृत आयोजनाको कार्यान्वयन पक्षमा जोड दिने बताउनु भयो । बिद्युत प्राधिकरणको कार्यशैलीलाई ब्यवहारमा प्रभावकारी बनाउने प्रमुख कार्यकारी अधिकृत काफले बताउनु भयो ।

 

LIVE TV