१३ पुष २०७२, सोमबार

नेपाली फुटवलले उपाधिको आशा गर्न सक्ने सबभन्दा ठुलो फुटवल प्रतियोगिता हो साफ च्याम्पियनसीप । प्रतियोगिताको नवौं संस्करणसम्म आइपुग्दा नेपाल सधै उपाधिमा अभागी रहदै आएको छ । भारतको केरलामा जारी प्रतियोगिताको नवौं संस्करणमा नेपालले विर्सनलायक प्रर्दर्शन गर्न पुग्यो । नेपाल प्रतियोगिताको सुरुवाती दुवै खेलमा पराजित हुँदै बाहिरियो । राष्ट्रिय टोलीका कप्तानसहित पाँच खेलाडी खेल मिलेमतोको आरोपमा आजीवन प्रतिबन्धमा पर्नु तथा एन्फा अध्यक्ष गणेश थापा फिफाको प्रतिबन्धमा परेपछि अन्तर्राष्ट्रिय रुपमै धुमिल भएको नेपाली फुटवलका् छवि सुधार्न यस प्रतियोगिता एउटा उपयुक्त विकल्प थियो । तर भइदियो उल्टो । नेपालले आफुभन्दा कमजोर टोली श्रीलंकाको हातबाट पनि पराजित हुनुप¥यो । साफ सुरु हुनुअघि कसैले सोचेका थिएनन् नेपाल पहिलो चरणबाटै बाहिरिनुपर्छ भनेर । पाकिस्तानले प्रतियोगिता नखेल्ने भएपछि नेपालले समुह ए बाट आयोजक भारत र श्रीलंकासंग प्रतिस्पर्धा गरेको थियो । एउटा खेल जितेको अवस्थामा सेमिफाइनलमा स्थान सुरक्षित थियो ।
नेपालले पहिलो खेलमा श्रीलंकाबिरुद्ध प्रतिस्पर्धा ग¥यो । पछिल्लो समय नेपालभन्दा कमजोर प्रदर्शन गरिरहेको नेपाली टोलीले श्रीलंकालाई हराउन सकेन । नेपाल पराजित हुनुप¥यो । गत पुस आठ गते केरलाको त्रिवेन्द्रमस्थित ग्रिनफिल्ड रंगशालामा भएको प्रतियागिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई रोक्न सकेन र खेलको अन्त्यमा गोल खान पुग्यो । त्यहि गोल नै नेपाललाई सेमिफाइनलसम्म पुग्न अभिसाप बन्यो ।

सोहि खेलमा फुटवलमा कहिल्यै नदेखिएको दृश्यको साक्षी हुनुप¥यो फुटवलप्रेमीहरु । खेलको सुरुमा नेपालले रातो र श्रीलंकाले कलेजी रंगको जर्सी लगाएको थियो । तर उस्तै रंग परेपछि नेपालले पहिलो हाफपछि निलो रंगको जर्सीमा मैदानमा उत्रियो । आयोजकको ब्यवस्थापकीय कमजोरीले त्यसो भएको थियो । पहिलो हाफमा खेलाडीहरु द्विविधामा देखिएका थिए । त्यस खेलमा नेपालको प्रदर्शन उल्लेखनीय देखिएन ।

पहिलो खेलमा पराजित भएपछि सेमिफाइनल प्रबेशको लागि नेपालले दोस्रो खेलमा भारतलाई हराउनैपर्ने थियो । तर सुरुवाती तेस्रो मिनेटमै बिमल घर्तीमगरको गोलमार्फत अग्रता बनाएको नेपालले खेलको अन्त्यसम्म चार गोल खायो र नतिजा भारतलाई चार एकले सुम्पियो । पहिलो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपाल दोस्रो हाफमा भारतसंग निरिह बन्यो ।

१२ खेलको गोलबिहीन यात्रालाई नेपाली स्ट्राइकरहरुले तोडेपनि नेपालको जितबिहीन यात्रा भने जारी रहेको छ । १२ औं अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सफल भएको नेपाली स्ट्राइकरहरुले १ हजार तीन मिनेटसम्म गोल गर्न सकेका थिएनन् । अघिल्लो साफ च्याम्पियनशीपको समुह चरणमा भारतलाई हराएयता नेपालले कुनैपनि खेलमा स्पष्ट जित हासिल गर्न सकेको छैन । त्यसयता नेपालले भारतसंगमात्रै पाँच खेल खेलेको जसमा तीन खेलमा हार र दुई खेलमा बराबरी गरेको छ ।

LIVE TV