
बेला बेलामा देशको यथार्थलाइ पर्दामा प्रस्तुत गर्ने फिल्मको पनि निर्माण हुने गरेको छ ।यस्तै हाम्रो देशको बर्तमान अबस्थालाइ फिल्म जन्मभुमीले पर्दामा ल्याउदै छ ।नेपालको विभिन्न समस्याहरुलाई जस्ताको तस्तै चित्रण गर्न खोजिएको उक्त चलचित्रमा विदेशी हस्तक्षेपको कुराहरुलाई पनि उठाईएको छ ।गत बैशाख ११ गते लाग्ने भनिएको देभक्ति चलचित्र जन्मभूमी आउँदो चैत्रको १९ गते देशभर प्रदर्शन हुने भएको छ । भुकम्प र हलको विभिन्न प्राविधिक समस्याका कारण उक्त चलचित्रलाई प्रदर्शन गर्न ढिलाई भएको निर्माण टोलिले बताएका छन् । जन्मभुमि चलचित्रलाई सुरज गिरीको निर्माणमा मोहन निरौलाले लेखन तथा निर्देशन गरेका छन् ।। वर्तमान समयमा कसरी नेपाललाई विदेशीहरुले थिचोमिचो गरीरहेका छन् भन्ने कुरालाई मध्यनजरमा राखेर बनाईएको जन्मभुमि नारीको मुख्य भुमिका रहेकोले नारी प्रधान चलचित्र भएको पनि यस चलचित्रका अभिनेता विनोद श्रेष्ठले बताएका छन् । यस चलचित्र हेरीसकेपछि सम्पुर्ण दर्शकहरुलाई राष्ट्रियता बोध गराउने अभिनेता श्रेष्ठले आशा पनि राखेका छन् ।
यस देशभक्ति चलचित्रमा विनोद श्रेष्ठ, अनु शाह, नीस्मा घिमिरे, केशव भराई, ओम प्रतिकका साथै नयाँ कलाकार जेविका कार्कीको मुख्य भुमिका रहेको छ । यस चलचित्र राष्ट्रि«यता झल्काउने देशभक्ति भएकोले सम्पुर्ण दर्शकहरुको मन जित्ने जन्मभूमीका निर्माण टोलीले बताएका छन् ।