१३ पुष २०७२, सोमबार

भक्तपुर सल्लाघारी स्थित सुर्यविनायक आयल स्टोरबाट बितरण गरेको डिजेलमा फरक रँङ्गको मिसावट भएको पाइएपछि इन्धन वितरणमा रोक लगाएको छ । सोमबार विहान डिजेल वितरण गर्दा फरक रङको डिजेल आएपछि बाणिज्य बिभागका महानिर्देशन हरि नरायण बेलबासे सहितको टोली आएर डिजेल बितरण रोक लगाएको हो । छानबिनको लागि डिजेलको नमुना गुणस्तर बिभाग लगिएको छ । पम्पबाट डिजेल हालेका पांचवटा सवारी साधनहरु स्टार्ट नहुने समस्या आएपछि आयल स्टोरमा केहि वेर तनाव उत्पन्न भएको थियो । सवारी चालकहरुले आफुहरुलाई आयल स्टोरले पानी मिसाइएको डिजेल वितरण गरेको आरोप लगाएको छ ।

LIVE TV