
मधेसमा जारी आन्दोलनका कारण सञ्चार माध्यम र सञ्चारकर्मीहरु असुरक्षित बन्दै गएकोप्रति सरोकारवाला निकायहरुले गम्भीर ध्यानकर्षण गराएका छन् । संचारमाध्यम अनुगमन बिशेष टोलीले मधेश आन्दोलनका कारण सप्तरी देखि पर्सासम्मका संचारकर्मी एवं मिडियाहरु राज्य र आन्दोलनकारी दुबै पक्षबाट असुरक्षित रहेको निष्कर्ष निकालेको हो । टोलीले निकालेको २९ पृष्ठ प्रतिवेदन सोमवार प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीलाई बुझाएको छ । सोमबार संचारमाध्यम अनुगमन बिशेष टोलीले मधेश आन्दोलनका कारण तराईका जिल्लाहरुमा पत्रकारिता व्यवसायलाई नै चुनौती दिने खालको भयवह स्थिति सिर्जना भएको निश्कर्षसहितको प्रतिबेदन प्रेस काउन्सिल नेपाललाई बुझाएको हो । मधेश आन्दोलनका क्रममा संचारकर्मी तथा पत्रकारहरु राज्य तथा आन्दोलनकारी दुबैबाट असुरक्षित बनेको संचारमाध्यम अनुगन बिशेष टोलीका संयोजक चन्द्रदेव कामतले बताउनुभयो ।
तराईका जिल्लाहरुको संचार क्षेत्रमा दबाब र सेल्फ सेन्सरसिप मौलाउदै गएको नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले बताउनुभयो । उहाँले मिडियाहरुले विभिन्न राजनीतिक दबाबका कारण पत्रकारिताको मुल्य र मान्यताको मापदण्डलाई उल्लंघन गरिरहेको बताउनुभयो । बाइट
टोलीले बुझाएको प्रतिबेदन बुझदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादर कार्कीले संचारमाध्यमको लापारबाहीले सामाजिक सदभाव,राष्ट्यि सुरक्षालाई भडकाउन सक्ने भन्दै पत्रकारीताको मूल्य र मानयता भित्र रहेर काम गर्न आग्रह गर्नुभयो । कार्कीले मधेशका मात्रै नभई केन्द्रका संचारमाध्यमहरुमा पनि अनुगमन थालेको बताउनुभयो । ६ सदस्यीय संचारमाध्यम अनुगन बिशेष टोलीले प्रदेश नम्बर २ का जिल्लाहरुका संचारमाध्यमहरुमा २०७२ मङसिर ३ गते देखि ९ गतेसम्म अनुगमन गरेको थियो ।