
प्रमुख तीन दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले आन्दोलनरत मधेसी मोर्चासंग छलफल गरी संविधान संशोधन र मधेस आन्दोलनवारे साझा अवधारणा बनाउने निर्णय गरेका छन् । सोमवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागहरुवारे गम्भीर छलफल भएको थियो । छलफल सकारात्मक भएको र आन्दोलनरत मोर्चासंग छलफल गरी संविधान संशोधन तथा मधेस आन्दोलनवारे साझा अवधारणा निर्माण गर्ने निर्णय भएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले भारतले समझदारी अनुसार सीमानाका सहज नगरिदिँदा सरकार थप अप्ठ्यारोमा परेकोमा आक्रोस व्यक्त गर्नुभएको थियो । त्यस्तै गरी संविधान संशोधनमा के कति परिमार्जन गर्न सकिन्छ भन्ने वारे मोर्चासंग बसेर निष्कर्षमा पुग्ने निर्णय भएको पनि बैठकमा सहभागी नेताहरुले बताएका छन् ।