
बरीष्ठ गायक प्रेमध्वज प्रधानलाइ बर्ष २०७२ को बिन्दबासिनी म्युजिक अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मानीत गरीएको छ ।यो सम्मान संगै गायक प्रधानले ५१,१५१ रुपैया नगद पुरस्कार पनि पाएका छन ।गायक राजेश पायल राइले संगित रत्न सम्मान पाए भने बिश्वका कान्छा निर्देशक सौगात बिष्ट बिशेश सम्मान बाट सम्मानीत गरीए ।गित तर्फ भने साउन भेल जस्तो बोलको गित भाग्य मानि साबित भएको छ ।उक्त गितले गितकार डब्बु क्षेत्री लाइ उत्कृष्ट गित र जुगल डंगोललाइ उत्कृष्ट संगितकारको पुरस्कार दिलायो ।यसै गरी सुगम संगित तर्फको अवार्ड युवाराज चौलागाइले हरेक शब्द भन्ने गित बाट पाए ।म तिम्रो हुला नहुला गित बाट श्रेयसि चेम्जोेङले राजकुमार बगरले गायिका र संगितकारको पुरस्कार पाए ।हेर्ने हजार आखा बाट डा.कृष्णहरी बरालले उत्कृष्ट गितकार र धेरैलाइ बाडा बाट श्रद्धा अधिकारी महीला गितकारको पुरस्कार पाए ।
पप गित तर्फको अवार्ड फुलको हत्वा बोलको गित बाट बादल प्रसाइले पाए ।सुगम पोखरेलले संगित तर्फ र आकांक्षा बस्यालले गायिका तर्फको अवार्ड पाइन ।युगल गायन तर्फ सुरज कुमार थापा र निकिता थापा भाग्यमानि ठहरीए भने लोकदोहोरी तर्फको अवार्ड भने बद्री पंगेनीले पाए ।म्युजिक भिडियो तर्फको अवार्ड भने सुरज श्रेष्ठले निर्देशन,प्रबिण श्रेष्ठले इडिटीङ र राजेश घिमिरेले क्यामार तर्फको अवार्ड पाए ।कुल ३१ बिधामा बिन्धबासिनि म्युजिक अवार्ड बितरण गरीएको थियो ।