
काठमाडौँ। सोमबार बिहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४.२ रिक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४२१ पराकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।
पछिल्लो समय भूकम्पको पराकम्प जानेक्रम कम हुँदै गएको छ । रासस