
साताको दास्रो दिन सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन प्रतितोला ४८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार प्रतितोला ४८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारबाट ४८ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै आएको छ । तेजावी सुन ४८ हजार ५० रुपैयाँमा कारोवार भएको छ । डलरको भाउमा आएको उत्तारचढावका कारण सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।