
गत शुक्रबार सम्पन्न भएको विन्दवासिनि अवार्ड कार्यक्रममा सांस्कृतिक नाच, राष्ट्रिय, नाच, तथा वयाङ्ग्यात्म गीत सहितको नाचमा ग्ल्यामर डान्स पनि प्रस्तुत गरिएको थियो । विभिन्न अवार्ड कार्यक्रमहरुमा यस्ता विभिन्न प्रस्तुती प्रस्तुत गर्ने र सबैलाई मनोरञ्जन दिलाउने कार्यहरुले पनि ठुलो स्थान पाईरहेको अवस्था छ । समय सापेक्षा र नयाँ पुस्ताको रोजाईमा पर्ने गीत तथा नाचमा बढि भन्दा बढि ग्ल्यामर नाचले युवा युवति देखि लिएर वृद्धहरुलाई सम्म मनोरञ्जन दिलाउन प्रोत्साहन गरेको पाईन्छ ।
यसै सन्दर्भमा उक्त अवार्ड कार्यक्रममा नव कलाकार कविता बानियाले अहिले सम्म प्रख्यात भएको केहि गीतमा ग्ल्यामर डान्स पनि प्रस्तुत गरेकी थिइन् । अहिले सम्मकै चर्चामा आएको गीतहरुमा मेरो बारुलि कम्मर लच्चकै, उद्रेको चोली, मलाई पुगेन यो बैंसले आदी विभिन्न गीतहरुमा कविता बानियाले ग्ल्यामर डान्स प्रस्तुत गरी जाडोको मौसममा सबैलाई न्यानो प्रदान गर्दै मनोरञ्जन दिलाएका थिए । यी गीत तथा नाचहरुले पहिले पनि निकै चर्चा र स्थान पाईसकेको छ ।