१३ पुष २०७२, सोमबार

dilli

असोजको १ गते बाट काठमाडौंको कुलेश्वरबाट सुरु भएको डिल्लिराम चलचित्रको सुटिङ्ग सम्पन्न भएको छ । शुभेच्छा ईन्टरटेनमेन्ट र राजु गिरीको व्यानरमा निर्माण भएको उक्त चलचित्रलाई काठमाडौं, पोखरा र धनगढी लगाएतका स्थानहरुमा सुटिङ्ग गरीएको छ । सुनिल कुमार खड्का र कार्यकारी निर्माता सुमन भारती र काजल गिरीले निर्माण गरेका डिल्लिरमलाई राजु गिरीले निर्देशन गरेका छन् ।

dilliram
रोमान्स र लभ स्टोरीमा आधारीत गाउँले परिवेशमा बनेको डिल्लिराममा मोडल सुरेन्द्र बि.सि.ले डेव्यु गरेका छन् । चर्चित संगितकार अर्जुन पोखरेलको संगित, रोशन श्रेष्ठको द्वन्द तथा क्रान्ति के.सि.को नृत्य रहेको चलचित्र डिल्लिराममा भोजराज देवकोटाको स्क्रिप्ट रहेको छ ।
अर्को वर्षको साउन १ गते प्रदर्शन हुने उक्त चलचित्रमा शुभेच्छा थापा,अशोक फुँयाल,सुरेन्द्र बि.सि., सुरवीर पण्डित,माधव त्रिपाठी, पुरन थापा र सोभित बस्नेत लगाएतको अभिनय रहेको छ ।

dillira

LIVE TV