
संद्भावाना पार्टीका अध्यक्ष तथा मधेशी मोर्चाका नेता राजेन्द्र महतो अवस्था खतरमुक्त रहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत उनको अवस्था समान्य रहेको हो ।शनिबार विराटनगर स्थित जोगवनी भन्सार नाकामा धर्नामा वस्ने क्रममा प्रहरीसंगको झडपमा घाइते महतोलाई आइतबार रातारात धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । झडप पछि विराटनगरमा रहेका गोल्डेन अस्पतालमामा रहेका उनलाई उनकै चाहाना अनुरुप आइतबार प्रतिष्ठान ल्याइएको हो । वायाँ हातको औला र खुट्टा तथा टाउकोमा सामान्य चोट लागेका उनको अवस्था सामान्य रहेको महतोको उपचारमा संलग्न चिकित्सकले वताएका छन् । प्रतिष्ठानको पेइङ वार्डको ४ नम्बर वेडमा रहेका महतो आफु उपचारमा नै रहेकोले धेरै बोल्न नसक्ने बताउनुभयो ।राम्रो सग हिडडुल गर्न सक्ने तथा खाना समेत खान थाल्नु भएका महतोको अवस्था सामान्य रहेको भएपनि उनका सहयोगीहरुले भने महतो समान्य अवस्थामा नरहेकोले वोल्न नसक्ने अवस्थामा रहेका वताउदै आएका छन् । उनलाई आइतबार राति सिकिस्त भन्दै प्रतिष्ठानको एस आइसिययुमा राखिएको भए पनि चिकित्सहरुले अवस्था सामान्य रहेको भन्दै वार्डमा सारेका हुन् ।