१३ पुष २०७२, सोमबार

इलामको गोदक ४ पानीघट्टामा आज बिहान एम्बुलेन्स दुर्घटनामा हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएकोे छ । मृत्यु हुनेहरुमा पाँचथर फिदिम १ का रेणुका अधिकारी, आनन्द अधिकारी र नरी मायाँ चौहान रहेका छन । धरानबाट पाँचथर आउदै गरेको मे.१ च. १७४७ नम्बरको जनमैत्री एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रुद्र चुडाँलले जानकारी दिनुभयो । मृतक रेणुकाको धरान स्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पश्चात सो एम्बुलेन्सबाट पाँचथर फर्कदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा एम्बुलेन्सका चालक झापा सुरुङगा ३ का ज्ञान नाथ प्रसाई र एम्बुलेन्समा सवार टिकाराम अधिकारी गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई बिर्तामोडको बि.एम सि अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV