
मेस्सीलाई अवार्ड
बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले ग्लोबल स्कोर अवार्ड जितेका छन् । बालोन डि ओरको विजेता घोषणा हुनु अघि मेस्सीले विश्वको उत्कृष्ट खेलाडीका रुपमा दुबईमा यो अवार्ड थापेका हुन् । मेस्सीले रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र बुफोनलाई पछि पारे । रोनाल्डो दोस्रो र बुफोन तेस्रो स्थानमा रहे । अवार्ड लिँदै मेस्सीले टिमले गर्दा आफुले अवार्ड पाएको बताए । गत सिजन च्याम्पियन्स लिग, ला लिगासहित पाँच उपाधि जितेको बार्सिलोना २०१५ को उत्कृष्ट क्लब घोषणा भएको छ । साथै बेष्ट मिडिया अटेन्सन अर्वाड पनि बार्सिलोनाले जितेको छ । फ्राङ्क लाम्पार्ड र आन्द्र पिर्लोलाई प्लेयर करियर अवार्ड दिइएको छ ।