
“जनताको संविधान जनताको माझ” प्रचार प्रसार अभियान अन्तर्गत शनिवार बाराको सिमरामा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले संविधानले मधेसी नागरिकलाई कुनै पनि भेदभाव नगरेको जिकिर गरेका थिए ।
निर्वाचित सभासद, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा आयोजित कार्यक्रममा संविधान सभाले जारी गरेको वर्तमान संविधानले समेटिएका विषय माथि छलफल गरिएको थियो । संविधानमा व्यवस्था भएका कुराहरु जनता माझ पु¥याउने उद्देश्यका साथ गरिएको सो कार्यक्रममा बारा क्षेत्र नं. ४ की सभासद नेजमा खातुनले संविधानमा भएको व्यवस्था बारे प्रष्ट पार्नु भएको थियो ।कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पस, बीरगञ्जका प्राध्यापक विरेन्द्र साहले अहिलेको संविधानमा नागकिता सम्वन्धि व्यवस्था विश्वको कुनै पनि संविधानमा नरहेको भन्दै केही मधेशवादी दलले भ्रामक प्रचार प्रसार गरेको जिकिर गर्नुभयो ।
उहाँले त्यसलाई चिरफार गर्न हरेक राजनैतिक दलले संविधानका कुरा घरदैलोमै पु¥याउन आवश्यक रहेको बताउनुभयो ।