१३ पुष २०७२, सोमबार

पूर्वाञ्चल क्षेत्रमा फेरी जंगली हात्तीको आतंक बढ्न थालेको छ । हात्तीको आक्रमणबाट मोरङको लेटाङमा शनिबार विहान दुई जना घाइते भएका छन् ।

शनिवार विहान ६ बजे लेटाड भोगेटेनी नगरपालिका वडा नंं १० र ११ वडाको वीचमा पर्ने जंगलमा लेटाड बजारमा दूध लिएर जादै गरेका सोही नगरपालिका वडा नंं ११ का ३० बर्षीया याम दुलाललाई आक्रमण गरेको थियो । यस्तै शनिवार विहान नै वडा नंं १२ का बर्ष ६० का लक्ष्मण लामालाई पनि जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको छ । घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य उपचार भइरहेको छ । दूध बोकेर लेटाङ बजार जादै गरेको अवस्थामा बीच जगलमा एक्कासि हात्तीले आक्रमण गरेको घाइते लक्ष्मण दुलालले बताउनुभयो । उहाँले खुटामा सुडले पक्रेर १० मिटर पर फ्याले पनि आफू बाँच्न सफल भएको बताउनुभयो ।
घाइते याम दुलालको खुटा भाँचिएको छ भने घाइते लक्ष्मणको छाती र घाँटीमा चोट लागी नाक र मुखबाट रगतसमेत बगेको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन् ।

 

 

LIVE TV