१३ पुष २०७२, सोमबार

मेरै ब्यथा पोखिएका,गजल छैन मेरो

चिरिएका पैतालामा, चप्पल छैन मेरो !!

 

अदालतले अन्यायको,बिपक्षमा बोल्दा
न्याएको पक्षमा लड्ने, पहल छैन मेरो !!

 

घर न थर गाउ न ठाउँ, बेबारिसे हुदा
ठेगानामा जिल्ला, अञ्चल छैन मेरो !!

 

कृपया नसोध्दिनु ,गरीबको बासस्थान
भत्किएको झुपडी छ, महल छैन मेरो !!

 

दुधको दुध पानीको, पानी झैँ निर्मल
स्वच्छ सफा कुनै, नक्कल छैन मेरो !!

  • रेखा पन्त

( हाल इजरायल )

LIVE TV