
चर्चित कलाकार दम्पत्ति सिताराम कट्टेल(धुर्मुस) तथा कुञ्जना घिमिरे(सुन्तली)ले राष्ट्रिय सरसफाई अभियान अन्र्तगत आइतबार पुर्व पश्चिम राजमार्गको सर्लाही र रौतहटको बिभिन्न खण्डको सरसफाई गरेका छन । सरसफाई अभियानका विशेष दुत समेत रहेका कलाकारद्धयले सरसफाई अभियानलाई सफल पार्न आ– आफ्ना क्षेत्रबाट लाग्न आग्रह समेत गरेका छन ।
राजमार्ग केन्द्रित सरसफाई कार्यक्रम अन्र्तगत साप्ताहिक अभियानमा रौतहटको धन्सार देखि पौराईस्थित वागमति पुलसम्म सरसफाई गर्ने कार्यक्रम रहेको चन्द्रपुर नगरपालिका कार्यालयले जनाएको छ ।
त्यस्तै सर्लाहीको हरिवन ,लालबन्दी र ईश्वरपुर नगरपालिकाको राजमार्ग क्षेत्र सरसफाई गरी सरसफाई दुत धुर्मुष रसुन्तलीको टोली आइतबार नै पूर्व तर्फ लागेका छन् । यस अघि जनज्योति उच्च माध्यमिक विद्यालय लालबन्दीमा भएको कार्यक्रममा उनीहरुले सकरात्कमक सोच र बिचारको साथ अघि बढेर सर्लाही संगै सिङ्गो देश सफा बनाउने अभियानमा लाग्न सहभागीलाई आग्रह गरेका थिए ।
पहिलो चरणमा पूर्व पश्चिम राजमार्ग, दोस्रो चरणमा हुलाकी राजमार्ग, तेस्रो चरणमा मध्यपहाडी राजमार्ग र अन्य राजमार्ग हुँदै गाउँ टोल सरसफाई गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयल सहसचिव र जिल्लाका उपसचिव स्तरका कर्मचारीको सहभागिता रहेको थियो । सो अभियान राष्ट्रव्यापी कार्यक्रम अन्र्तगत गत पुस ९ गतेबाट नवलपरासी जिल्लाबाट शुरु भएको हो ।