१३ पुष २०७२, सोमबार

इलाम। बिरामी लिएर झापाबाट पाँचथरतर्फ आउँदै गरेको एम्बुलेन्स आज बिहान करिब ४ः३० बजे इलामको गोदकमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा पाँचथर फिदिम निवासी आनन्द अधिकारी, रेनुका अधिकारी र नरीमाया चौहानको घटनास्थलमै मृत्यु भएको हो । मे१च १७४७ नंको जनमैत्री सेवा संस्था, पाँचथरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत गोदक–४ घट्टामा सडकबाट करिब ३५० मिटर तल पल्टिएको थियोे ।

घाइते हुनेहरूमा एम्बुलेन्स चालक गेहनाथ प्रसाईं र टीकाराम अधिकारी रहेका छन् । उनीहरूलाई उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ । रासस

 

LIVE TV