
ठिहीले अस्थायी टहरोभित्र कठ्यांग्रिएर शनिवार हिमाली गाउँ गुन्सा ७ का ८० बर्षीय जंग गोलेले प्राण त्यागे । दमका पुराना रोगी उनलाई तुसारो बोकेर आउने लेकाली सिरेटोसँगै लिएर गयो ।
शीत चुहिने र स्याँठ छिर्ने अस्थायी टहरोको बासले दम बढेपछि उनी दुई महिनाअघि उपचारका लागि जिल्ला अस्पताल पुगेका थिए । नागरिक दैनिकमा समाचार छ ।
‘दमको घाउमा ठन्डीले हिर्कायो, गाविस सचिव रामप्रसाद न्यौपानेले भने–चिसोबाट जोगाउन सकेको भए उनी केही वर्ष अझै बाँच्थ्ये।’ पश्चिमी ज्यामिरे गाउँका इन्द्रराज खड्का ६ देनिदेखि आमाको किरियामा छन् ।
टहरोमा बस्न थालेदेखि सुरु भएको दम र खोकीले च्याप्दै लगेपछि उनी ७० वर्षीया आमा विष्णुकुमारीले यो मिनपचास काट्न सकिनन् । मंगलवार विहान नहावरी श्रीमानको एकछाकी बसेकी उनी घाममा शरीर सेकाउँदा सेकाउँदै गइन् ।