१३ पुष २०७२, सोमबार

जाडो मौसममा भूकम्पपीडितका लागि बिनियोजित न्यानो कपडाको रकम हालसम्म वितरण नगरेको भन्दै धादिङका पीडितले देशका शीर्ष नेतालाई ऊनको टोपी, पन्जा र सुती पछ्यौरी उपहार पठाएका छन् ।कान्तिपुर दैनिकमा समाचार छ ।

धुसा गाविसका भूकम्पपीडित गुणराज त्रिपाठीलगायत विस्थापितको समूहले प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीमार्फत शीर्ष नेतालाइृ जाडोयाममा लगाउने पन्जा, टोपी र पछ्यौरी र पीडितले रकम जम्मा गरेको खुत्रुके हस्तान्तरण गरेका हुन् । उनीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई पछ्यौरी,कांग्रेस सभापति सुशील कोइरालालाई आई लभ नेपाल लेखेको ऊनको टोपी र एमाओवादी अध्यक्ष प्रचण्डलाई ऊनको पन्जा पठाएका हुन् ।

पीडितले दिएका नमुना प्रजिअ सुवेदीदले बुझ्न मानेका थिएनन् । भूकम्पले पूर्णरुपमा क्षति भएका पीडितलाई १० हजारका दरले न्यानो कपडा खदरिद गर्न सरकारले जिल्लामा मंसिर अन्तिम साता नै पठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV