१३ पुष २०७२, सोमबार

भारतको उत्तर पश्चिम, पाकिस्तान र अफगानिस्तानको छेउछाउमा पानी पार्ने प्रणलीको विकास भए पनि त्यो नेपाल आउने सम्भावना क्षीण रहेकोले अझै चिसो बढ्ने मौसमविद्को अनुमान छ ।

‘पश्चिमी क्षेत्रमा केही दिनमै पानी पार्ने प्रणली विकसित हुने देखिन्छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजुधर प्रधानांगले भने, ‘त्यसले हामीकहाा पानी पार्ने संकेत छैन ।’

उक्त वायु पश्चिमबाट सर्दै आए पनि नेपालको पश्चिमी भागबाट तिब्बततिर लाग्ने प्रधानांगले बताए । वर्षा कम भए वायुमण्डलमा थुप्रिएको प्रदूषण हट्ने र दिन घमाइलो हुने मौसमविद् बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV