
धर्ना बस्न गएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित १० जना कार्यकर्ता प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्। सीमा नाकामा अवरोध गर्न बसेका महतोलाई प्रहरीले हटाउने क्रममा जबरजस्ती गरेपछि हस्तक्षेप गर्दा महतो घाइते भएका हुन् ।
मोरङ‘नाकामा नबस्न भनेर हामीले भनेका थियौं। जबरजस्ती गरेकाले हामीले हस्तक्षेप गरेका हौ,’ उनले भने,‘नाका अवरोध हुने गरी धर्ना दिने बस्न दिँदैनौ।’
धर्नामा बस्नबाट प्रहरीले रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ। लाठी प्रहारबाट अध्यक्ष महतो, केन्द्रीय सदस्य दिलिप धाडेवा, प्रवक्ता सन्तोष मेहतासहित १० जना कार्यकर्ता घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।महतोको टाउको र खुट्टामा चोट लागेको छ।
प्रहरीसँगको झडपमा घाइते भएपछि सिमापारि गएका महतोलाई एम्बुलेन्समा विराटनगर ल्याइएको थियो।महतो सहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्ना दिन आएका थिए।