१२ पुष २०७२, आईतवार

व्यवस्थापिका संसदको आजको बैठकमा गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रपति बिद्या भण्डारी माथि बिवाह पञ्चमीका दिन जानकी मन्दिरमा भएको घटना बारे जानकारी दिनुभएको छ । उहाँले जनकपुर घटनाका सम्बन्धमा सरकारले अनुसन्धान गरिरहको र दोषीलाई कानूनी कारबाही गर्ने जानकारी पनि वैठकलाई गराउनु भएको छ । अघिल्लो बैठकमा सभामुख ओनसरी धर्तीले जनकपुर घटना बारे जानकारी दिन सरकारलाई रुलिङ गर्नुभएको थियो । यता विराटनगरमा भएको झडपमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएको विरोधमा मधेसी मोर्चामा आवद्ध सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् । मधेसी मोर्चाको नाराबाजीका बीच बैठक चलिरहेको छ । आइतबार संसदको बैठक सुरु भए लगतै मधेसी मोर्चाका सांसदहरु उठेर बिरोध जनाएपछि सभामुख ओनसरी घर्तीले सद्भावना पार्टीका सांसद नरसिंह चौधरीलाई बोल्न समय दिनुभएको छ । चौधरीले विराटनगरमा धर्नामा बसेकाहरुमाथि सरकारले बर्बरतापूवर्क दमन गरेको भन्दै आलोचना गर्नुभयो ।

LIVE TV