१२ पुष २०७२, आईतवार

केही दिनदेखि सामान्य बन्दै गएको विराटनगर आज बिहानैदेखि तातेको छ । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच हिजो अपरान्ह रानी भन्सार कार्यालयमा झडप भएपछि विराटनगरमा आन्दोलन थालेको हो । केही दिन अघिदेखि यातायात, शैक्षिक क्षेत्र, तथा व्यापार व्यावसाय सामान्य बनेको विराटनगर क्षेत्रमा आज बिहानैदेखि बजार ठप्प भएको छ । मोर्चाका कार्यकर्ता बजार बन्द गराउँदै हिँडेका छन् । हिजो रानी भन्सार क्षेत्रमा धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा झडपमा परि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि महतोको निर्देशनमा विराटनगर बजार बन्द भएको हो ।यसैबीच, सद्भावना पार्टीका अध्यक्ष महतोसहित ९ जना घाइतेहरुको विराटनगरमा उपचार भइरहेको छ ।

RAMSARAN

LIVE TV